साउथफिल्ड कलेज दार्जिलिङमा भानु जयन्ती समारोह सम्पन्न

IMG-20230714-WA0313.jpg

दार्जिलिङ: साउथफिल्ड कलेज दार्जिलिङमा नेपाली विभागको तत्परतामा आज २०९ औं भानु जयन्ती समारोह सम्पन्न गरियो। कलेजको विभागका विद्यार्थीवर्ग साथै विभिन्न विभागका प्राध्यापक/ प्राध्यापिकाहरूको उपस्थितिमा भानु जयन्ती पालन गरियो।

कार्यक्रममा पाँचौ सत्रका विद्यार्थीवर्गले रामायण पाठ गरे भने विभागका प्राध्यापक डा. महेश प्रधानले भारतमा भानुभक्त र भानु जयन्तीको महत्त्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रा. धनकुमार देवानद्वारा सञ्चालित यस कार्यक्रममा भूगोल विभागकी प्रा. राकाश्री राई, कलेजका शिक्षण परिषदका सचिव प्रा. सन्नी रावत, राजनीति शास्त्रकी प्रा. ज्ञानश्री प्रधान, अङ्ग्रेजी विभागबाट डा कौशतभ् चक्रवर्ती, प्रा. विवेक मिश्र, इतिहास विभागका डा दिनेश चन्द्र रे,अर्थशास्त्र विभागका डा. गोविन्द शर्मा, समाजशास्त्र विभागका प्रा. ब्राइन लेप्चा, कलेज पुस्तकालयका प्रा. ठकुरी अनि प्रकाश छेत्री साथै नेपाली विभागका प्राध्यापक तथा विद्यार्थीवर्गको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभाग अध्यक्ष प्रा. कुशल घिमिरेले धन्यवाद ज्ञापन राखेका थिए।

About Author

Advertisement