कोलाकाता: पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा कलकत्ता उच्च अदालतले शुक्रबार महत्वपूर्ण आदेश दिएको छ। न्यायमूर्ति अमृता सिन्हाले भनिन्, ‘जो शिक्षक प्राथमिक शिक्षकको रूपमा घूस दिएर नियुक्त भएका छन् र उनीहरूको सूची तुरन्तै अदालतमा जमा गराइयोस्l’ उनले सीबीआईको जाँचको गतिलाई लिएर पनि प्रश्न चिह्न खड़ा गरिन्। यस बाहेक ईडीको पनि आलोचना गर्दै उनले भनिन्, ‘कहिलेसम्म जाँच चल्नेछ? यो अनन्त कालसम्मका लागि चल्नसक्दैन। २९ अगस्तसम्म प्राथमिक शिक्षक नियुक्तिमा जसको घूस दिएर निय़ुक्ति भएको छ, उनीहरूको सूची अदालतलाई जमा गर्नपर्नेछl’
वस्तुतः प्राथमिक शिक्षकको रूपमा ४२ हजार ९४९ जनाको नियुक्ति भएको छ। न्यायमूर्ति अभिजीत गांगुलीले यसमध्ये ३२ हजार मानिसहरूको नौकरी रद्द गर्ने आदेश दिएका थिए, तर खण्डपीठले यी शिक्षकहरूलाई सेप्टेम्बरसम्मको समय दिएको छ। नयाँ नियुक्ति प्रक्रियामा उनीहरूलाई सामेल हुने छूट पनि छ। यस बाहेक शुक्रबार अदालतमा सीबीआईले दाबी गरेको छ, सीबीआईमाथि अभिषेक ब्यानर्जीको नाम लिने जुन आधारहीन आरोप लगाइएको छ, यसमा कारबाही हुनुपर्छ। सीबीआईले एक रिपोर्टको माध्यमले बताएको छ, यस मामिलामा पक्रा परेको कुन्तल घोषले जुन आरोप लगाएको छ, त्यो आधारहीन हो। त्यसपछि न्यायाधीशले सीबीआईलाई अहिलेसम्म आरोपितहरूलाई समाउनमा सफलता हासिल किन ऩभएको सोधिन्। -हिस