नाम्चीः नाम्चीमा आज स्वर्गीय पदम गुरूङले न्याय पाउनु पर्छ भनी माग गर्दै जन साधारणले ऱ्याली निकाले। उक्त ऱ्याली नाम्चीको भञ्ज्याङ रोडबाट शुरू भएर जोरथाङ रोड र भोटिया बस्ती रोड हुँदै काजिटार जाने रोडमा पुग्दा पुलिस प्रशासनले रोक्यो।
पुलिस प्रशासनले ऱ्याली रोक्नुको कारण जन साधारणले स्वर्गीय पदम गुरूङको शव भेटाइएको स्थानको जायजा लिने माग राखेका थिए। तर पुलिस प्रशासनले २० जनालाई मात्र उक्त स्थानमा जानको लागि अनुमति दियो। यसको विरोधमा जन साधारणले नाराबाजी गरे। पुलिस प्रशासनका प्रतिनीधिहरूले जन साधारणलाई सम्झाउने प्रयास गरे।

उल्लेखनीय छ, स्वर्गीय पदम गुरूङ नाम्ची कलेजका विद्यार्थी प्रतिनिधि परिषदका अध्यक्ष थिए भने गत २८ जूनको बिहान उनको शव नालीमा भेटाइएको थियो।








