चुनावी हिंसाको बलि चढ्यो अझ् एक तृणमूल कार्यकर्ता

00-1-Rajya-Samachar-12

कोलकाताः पश्चिम बंगालमा पञ्चायत चुनाउको दिन भएको हिंसामा घाइते भएको सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसको अझ् एक कार्यकर्ताको मृत्यु भएको छ। उसको पहिचान मुर्शिदाबादको रघुनाथगंज चक बाजितपुर गाउँ निवासी सइदुर रहमानको रूपमा गरिएको छ।

शनिवार मतदानको दिन कांग्रेस र तृणमूल कांग्रेसका कार्यकर्ताहरूबीच भएको हिंसक झड़पमा सइदुर गम्भीर रूपमा घाइते भएको थियो। उसलाई कोलकाता ल्याएर एनआरएस अस्पतालमा भर्ती गराइएको थियो, जहाँ लागातार उपचार भइरहेको थियो तर शुक्रवार बिहान उसको मृत्यु भयो। उसका साथै अझ् एक घाइते तृणमूल कार्यकर्ता मोइदुल शेखलाई पनि ल्याएर भर्ती गराइएको थियो, जसको ११ जुलाई मगंलवार मतगणना भएको दिन मृत्यु भएको थियो।

मतदानको दिन कांग्रेस र तृणमूल कांग्रेसका कार्यकर्ताहरूबीच लौरो-रोड र धारिलो हतियारले झड़प भएको आरोप छ। यसमा तृणमूल कार्यकर्ता घाइते भएको थियो। उल्लेख्य, पश्चिम बंगाल पञ्चायत चुनाउमा मर्नेहरूको संख्या बढ़ेर ४८ भएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement