कोलकाताः पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको भागंड़मा पञ्चायत चुनाउ बितेपनि हिंसा रोकिने नाम लिइऱहेको छैन। शुक्रवार क्षेत्रमा गइरहेका स्थानीय विधायक नौशाद सिद्दीकीलाई पुलिसले राजारहाटमै रोक्यो। ०८ जूनमा चुनाउको घोषणा भएदेखि नै लगातार हिंसाको चपेटमा रहेको क्षेत्रमा मतदानको दिन (०८ जुलाई) र मतगणनाको दिन (११ जुलाई) मा भारी हिंसा भएको थियो, जसमा कम्तीमा पाँच जना मारिएको दाबी गरिएको छ। हिंसापछि पूरा क्षेत्रमा धारा १४४ लगाइएको छ।
बिहिवार राति पुलिसले क्षेत्रका आईएसएफ कार्यकर्ताहरूलाई कुटेको आरोप छ। यसपछि बिहान लगभग १० बजी नौशाद आफ्नो विधानसभा क्षेत्र जानका लागि घरबाट निस्केका थिए। लगभग १०.१५ बजी राजारहाटमा पुलिस अधिकारी इन्दिरा मुखर्जीले उनलाई रोकिन्। भांगड़अघि यहाँ नाका चेकिङ पोइन्ट लगाइएको छ। इन्दिराले स्पष्ट गरिन्, नौशादलाई भांगड़मा जाने अनुमति छैन।
यसलाई लिएर उनले भने, भांग़ड़मा तृणमूल नेता शौकत मौल्ला र अन्य अपराधीले खुल्ला घुमेर हिंसा फैलाइरहेका छन्। तर पुलिसले मलाई योजनाबद्ध तरीकाले रोकिरहेछ, कार्यकर्ताहरूलाई सताइरहेछ। कुनैपनि स्थितिमा म त्यहाँ पुग्नेछु।
-हिस