खरसाङ: विगत पञ्चायत भोटमा जितेर आफ्नो खुशी बाढ्न रोहिणीको वृद्धाश्रमका असहाय वृध्द वृध्दाहरूसित मिलेर खुशी बाढ्न अनि आशिर्वाद लिन पुगेका थिए सोनादाका युवा छिरिङ शेर्पा।सोनादा डीबी रोडको एउटा वार्डबाट भारी मतले पञ्चायत चुनावमा सदस्यको चुनाव जितेर साथी भाई अनि गाउँ छिमेकमा बिजय उत्सव मनाउनको साटो खरसाङको रोहिणीमा अवस्थित वृध्द आश्रममा भएका २० जना असहाय, घरबाट लखेटिएका, टुहुरो बूढा बुढीहरुलाई सम्झन्दै छिरिङले आफ्नो जीतको खुशी मनाउन केही आर्थिक सहयोग गर्न हेतुले रोहिणीको वृध्दा आश्रम पुगेका थिए। त्यहाँका केयरटेकरलाई ती असहाय बुढाबुढीहरुको दैनिक रेखदेख, खर्चपानी, दवाई पानीको निम्ति केही आर्थिक सहयोग पनि गरेका छन्। उक्त वृद्धाश्रममा लगभग २० जना असहाय वृद्धाहरु रहने गर्छन्। ती सबैलाई खदा लगाएर अभिवादन गर्दै छिरिङले सबैको खुट्टा ढोगेर आशीर्वाद लिए। स्मरण रहोस्, सौगात क्याटरिङ सोनादाका केयर टेकर छिरिङ शेर्पाले विगतका दिनहरुमा पनि रोहिणीको वृद्धाश्रम, खहरेको वृद्धाश्रमा गएर ती असहाय वद्धा वृध्दाको निम्ति विभिन्न प्रकारको सहयोग गर्दै आईरहेका छन् भने गत केही महिना अघि उनले आफ्नो जन्मदिन पनि खहरेको वृद्धाश्रममा गएर मनाए भने उनीहरुलाई आर्थिक सहयोग पनि गरे।

यसका साथै उनले सोनादा क्षेत्र वरिपरिका गरीब दु:खीहरुलाई सहयोग गर्दै आईरहेका छन्। घर नभएकाहरुलाई घर समेत बनाइदिएका छन्। गरीब दु:खी विद्यार्थीहरुलाई उनले वर्षभरिकै निम्ति स्कूलको खजना तिरिदिन्छन्। खाता किताब, स्कूलको युनिफर्म समेत बनाइदिएकोले उनको यो प्रकारको सामाजिक कार्यको सबैले सराहना गरेका छन्।