सिलगढी महाविद्यालयमा नेपाली विभागद्वारा २०९औँ भानु जयन्ती पालन

00-1-Bhanubhakta-1-1

सिलगढी: नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्म जयन्ती सिलगढी महाविद्यालयको नेपाली विभागद्वारा पालन गरियो। कार्यक्रमको अध्यक्षता नेपाली विभागीय प्रमुख प्राध्यापक तेजमान बराइलीले गरेका थिए। सिलगढी महाविद्यालयका प्राचार्य डा सुजीत घोषको बहुलीबाट दीप प्रज्वलन र आदिकवि भानुभक्त आचार्यको तस्वीरमा पुष्प अर्पण भएपछि कार्यक्रम शुरु गरिएको थियो। यस अवसरमा स्वागत भाषण डा राजकुमारी दाहालले राखेकी थिइन अनि डा सुजीत विश्वास, प्राध्यापक अमल रोय, डा अजय साव, डा अनिकेत तथागत छेत्री, डा सुजय सेन, डा अमिताभ कान्जिलालले पनि आदिकवि भानुभक्त आचार्यबारे सारगर्भित वक्तव्य राखेका थिए। चौथो र छैटौँ सत्रका विद्यार्थीहरूले स्वागत गीत प्रस्तुत र रामायण पाठ गरेका थिए; विद्यार्थी केतन सुब्बा, साहिल गुरूङ, आवाज गुरूङ, रचना तामाङले कविता पाठ गरेका थिए अनि कविता थापाले सुन्दर नृत्य प्रस्तुत गरेकी थिइन्। नेपाली विभागकी प्राध्यापिका डा राजकुमारी दाहालले सन् २०१९ देखि सिलगढी महाविद्यालयको नेपाली विभागबाट प्रत्येक वर्ष सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रोत्साहन तथा प्रेरणा स्वरूप नगद राशी १०,००० अनि प्रशस्ति पत्र प्रदान गरिने परम्परा शुरु गरेकी छन्। यसको जानकारी नेपाली विभागका प्राध्यापक दिनेश शर्माले कार्यक्रममा दिएका थिए अनि सत्र वर्ष २०२१-२०२२ मा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी अभिजीत थापालाई नगद राशी अनि प्रशस्ति पत्र कार्यक्रमको प्रमुख अतिथिको बाहुलीबाट प्रदान गरियो। कार्यक्रममा सिलगढी महाविद्यालयका परिचालन समितिका सदस्यहरूका साथै विभिन्न विभागका प्राध्यापक/प्राध्यापिकाहरू डा. विद्यावती अग्रवाल, प्राध्यापिका रोशनी लाकान्द्री; प्राध्यापक तोपग्येल जिम्बा, डा. अतिसा योल्मा, डा सङ्गीता खेवा आदिको उपस्थिती रहेको थियो। कार्यक्रमको अन्तमा अध्यक्षको वक्तव्य प्राध्यापक तेजमान बराइलीले अनि धन्यवाद ज्ञापन प्राध्यापक बिरेन मगरले राखेका थिए भने कार्यक्रम सञ्चालन प्राध्यापिका गीता देवान गरेकी थिइन्।

About Author

Advertisement