सर्वोच्च न्यायालयका न्यायाधीश जे.के. महेश्वरी चार दिवसीय सिक्किम भ्रमणमा

गान्तोक। सर्वोच्च न्यायालयका न्यायाधीश जे.के. महेश्वरी आफ्नो चारदिने सिक्किम भ्रमणको निम्ति बाघडुग्रा आइपुगेका छन्। २ जुलाईको दिन मनन केन्द्रमा आयोजित सम्बर्द्धना कार्यक्रममा सहभागिता जनाउन उनी सिक्किम आएका हुन्। उनीसँग उनकी धर्मपत्नी उमा महेश्वरी साथमा रहेकी छन्।

स्मरण रहोस्, न्यायाधीश जे.के. महेश्वरी सिक्किम उच्च न्यायालयका पहिलो मुख्य न्यायाधीश थिए। सिक्किमको इतिहासमा उनको नाम सँधै रेकर्डमा दर्ता रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement