देन्ताममा समष्टिस्तरीय फुटबल प्रतियोगिता आरम्भ

गेजिङ। पश्चिम सिक्किम मानेबुङ देन्ताम निर्वाचन क्षेत्रको देन्ताम सामुदायिक खेलमैदानमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको खेलकुद प्रकोष्ठले आयोजना गरेको खुल्ला अन्तर समष्टि पुरूष तथा महिला खेल प्रतियोगिताको आज पाँचौ दिन दुईवटा खेल सम्पन्न भयो। गत २६ जुनदेखि शुरू भएको यस खेलमा सिक्किम सरकारका कृषि, बागवानी, पशुपालन, सुचना तथा जनसम्पर्क विभागका मन्त्री लोक नाथ शर्मा मुख्यअतिथि रहेका थिए भने साथमा पशुपालन विभागका सल्लाहकार दुर्गाप्रसाद प्रधान, सूचना तथा जन सम्पर्क विभागका सल्लाहकार बिरेन्द्र तामलिङ आयोजक समितिका प्रमुख संरक्षक तथा सांसद इन्द्र हाङ सुब्बा। पाँचौ दिनको खेल महिला वर्गमा रिञ्चेनपोङ बनाम सोरेङबीच सम्पन्न भएको थियो भने दोस्रो खेल पुरूषवर्गमा सोरेङ बनाम याक्सोम टाशीडिङ समष्टिमाझ सम्पन्न भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री लोक नाथ शर्माले वर्तमान सरकार सबै क्षेत्रलाई ध्यानमा राखेर काम गर्ने भएको कारण विभिन्न प्रकोष्ठहरू गठन गरि निरन्तर जनताको सेवामा लागि रहेको जनाए।उनले खेललाई केवल मनोरञ्जनको रूपमा मात्र नलिएर खेलाडीहरूले पेशागत रूपमा लिनुपर्ने सुझाव दिए। यस प्रकारको मञ्चवाट जिल्ला,राज्य,राष्ट्र र अन्तर्राष्ट्रियस्तरसम्म पुग्नुपर्ने सल्लाह दिए।वर्तमान मुख्यमन्त्री खेल प्रेमी भएको कारण खेलकूद क्षेत्रलाई प्रोत्साहित गर्ने हर सम्भाव सहयोगहरू रहेको पनि बताए।उनले वर्तमान सरकारले शुरूवात गरेको कृषि सम्बन्धित विभिन्न योजनाहरूवारे पनि जानकारी दिदै कृषि पेशालाई युवा पिडीहरूले अप्नाएर स्वनिर्भर बन्नु पर्ने अनुरोध गरे। कुनै पनि काम गर्दा लगनशीलता सँग गरेको खण्डमा सफल बन्न सक्ने उनले उदाहरण दिए।

About Author

Advertisement