शिवखोला ग्राम पञ्चायतको नरबुङ चियाबारीको निर्दलीय प्रार्थी भागोप्रमोमा सामेल

IMG-20230714-WA0078.jpg

खरसाङ: यसपालीको पञ्चायत चुनावमा तीनधारे महानदी समष्टिको शिवखोला ग्राम पञ्चायतभित्र पर्ने नरबुङ चियाबारीको बुथ नम्बर २४२ बाट निर्दलीय प्रार्थीको रुपमा खड़ा भएर जितेका अम्बिका देवान भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। उनलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले खदार्पणसहित पार्टीमा स्वागत जनाएका छन्। अम्बिका देवान पहिलेबाटै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सदस्या थिइन् तर चुनावमा टिकट नपाएकोले निर्दलीय प्रार्थीको रुपमा चुनाव लडेर बिजय बनेका थिए। हिजो राती सामेल भएको समय भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, केन्द्रीय सदस्य समीरदीप ब्लोन, पेमेन्द्र गुरुङ, सभासद प्रणाम रसाईली, भक्तिमान तामाङ लगायत अन्यहरू उपस्थित रहेका थिए। शिवखोला ग्राम पञ्चायतमा रहेको छवटा सिटहरूमा चारवटा सिटहरू निर्दलीय प्रार्थीहरूले जितेका थिए भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले केवल दुईवटा सिटहरू जितेको थियो। आज एकजना निर्दलीय प्रार्थी अम्बिका देवान भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएपछि उनीहरूको सिटको संख्या ३ पुगेको छ। शिवखोला ग्राम पञ्चायतमा बोर्ड गठन गर्नलाई चारजना पञ्चायत सदस्यहरूको खाँचो पर्छ। नरबुङबाट निर्दलीय प्रार्थी भागोप्रमोमा सामेल भएपछि दुवैपट्टि तीन -तीनजना भएको छ। अब शिवखोला ग्राम पञ्चायतको बोर्ड गठन गर्नलाई भागोप्रमोलाई एकजना अनि निर्दलीयहरूलाई पनि एक सदस्य चाहिएको छ। त्यसैले शिवखोला ग्राम पञ्चायतको बोर्ड गठनमा अनिश्चिता देखा परेको छ। पार्टीमा सामेल भएपछि निर्दलीय पञ्चायत सदस्या अम्बिका देवानले आफु पहिले पार्टीमा रहेक तर टिकट नपाएको चुनावमा निर्दलीय प्रार्थीको रुपमा खड़ा भएको अनि जीत हाँसिल गरेको बताउँदै पहिलेबाटै जितेको खण्डमा अनित थापा र भागोप्रमोलाई सहयोग गर्ने मन बनाएको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement