मंगन: सम्बन्धित विभागहरूका शीर्ष अधिकारीहरू साथै जिल्ला अध्यक्ष कादो लेप्चाको साथमा क्षेत्र विधायक तथा मन्त्री सामडुप लेप्चाले आज क्षेत्रका पैह्रोग्रस्त स्थानहरूको भ्रमण गरे। उल्लेखनीय छ, हिजो भारि वर्षाको कारण लाचेन क्षेत्रका विभिन्न स्थानमा पैह्रो गएको थियो। हिजो विशेष गरेर मंगन जिल्लाका चारवटा ठाउँ राफोङ खोला, सिङ्हिक, रिङ्गदाङ र लण्ठे खोला नजिक पैह्रो गएको छ जसको कारण चुङ्गथाङ जाने सड़क मार्ग अवरुद्ध बनेको छ।
हिजो गएका पैह्रो प्रभावित क्षेत्रहरूमा जिल्ला आपदा प्रवन्धन प्राधिकरणले उद्धार र पुनर्वासको कार्य गरिरहेको छ। हिजो पैह्रो जानसाथ प्राधिकरणले अन्य सम्बनिधत विभागहरूको साथमा क्षेत्रको भ्रमण गरेर राहत कार्य शुरु गरेको थियो।
आजको भ्रमण अवधि मन्त्री सामडुप लेप्चाले पैह्रो प्रभावित परिवारहरूलाई त्रिपाल अनि अन्य आवश्यक राहत सामाग्री पनि वितरण गरे।