सिलगढी: सिलगढीको सेवोक रोडमा भएको झगडामा संलग्न एक पबका मालिकलाई भक्तिनगर पुलिस स्टेशनले पक्राउ गरेको छ। पक्राउ गरेर आज तिनलाई जलपाईगुडी अदालतमा पेश गरेको छ।रिपोर्टका अनुसार गत असार ८ तारिक सेभोक रोडमा रहेको दुई पबका कर्मचारीबीच मामूली कुरामा झगडा भएपछि सो क्षेत्रमा तनाव बढेको थियो। त्यसपछि एक पबका व्यवस्थापकले भक्तिनगर प्रहरी चौकीमा लिखित उजुरी दिएका थिए। उजुरीका आधारमा भक्तिनगर प्रहरीले पब सञ्चालक विजय सरकारलाई गए राति पक्राउ गरेको थियो।