लोहागढ़ एफसी प्री-क्वार्टर फाइनलमा

photocollage_2023713223251118.jpg

१३ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा लोहागढ़ एफसी-ले प्री-क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। बिहीवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा लोहागढ़ एफसी-ले सिमुलबारी स्पोर्टिंग क्लबलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट ज्ञानदीप तामाङले १५औं र २९औं मिनटमा २ गोल गरे। यसबाहेक सतीशले ४६औं मिनटमा १ गोल गरे। यसरी सिमुलबारी स्पोर्टिंग क्लबबाट अमोसले ४७औं मिनटमा १ गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement