गान्तोक। अध्यात्मिक गुरूमाथि नावालिकासँग यौन दुर्व्यवहार गरेको आरोप पाकिम पुलिसले एक अध्यात्मिक गुरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको छ। पाकिम निवासी एक १५ वर्षीया नाबालिकासँग यौन दुर्वय्वहार गरेको पीडिताकी अभिभावकले पाकिम थानामा सिकायत दर्ता गरेका थिए। उक्त घटना २८ जूनको रहेको सुत्रले जानकारी गराएको छ। आरोपी पेशाले अध्यात्मिक गुरू अर्थात पुजारी रहेको जान्नमा आएको छ। घटनाक्रम अनुसार पीडिता केही दिनदेखि विरामी रहेको कारण अध्यात्मिक गुरूकोमा उपचारको निम्ति लगिएको थियो। एक हप्तासम्म पीडिता अध्यात्मिक गुरूकोमा नै उपचारको निम्ति बसेको पनि थाह लागेको छ। एक हप्ताभित्र आफूमाथि आरोपी गुरूले गरेको विवरण पीडिताले अभिभावकलाई सुनाए पछि मुद्दा दर्ता गरिएको थियो। आरोपी विरूद्ध पाकिम थानामा प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुएल अफेन्स (पोक्सो)२०१२ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको जानकारी प्राप्त भएको छ।