१३ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा लोहागढ़ एफसी-ले प्री-क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। बिहीवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा लोहागढ़ एफसी-ले सिमुलबारी स्पोर्टिंग क्लबलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट ज्ञानदीप तामाङले १५औं र २९औं मिनटमा २ गोल गरे। यसबाहेक सतीशले ४६औं मिनटमा १ गोल गरे। यसरी सिमुलबारी स्पोर्टिंग क्लबबाट अमोसले ४७औं मिनटमा १ गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।