मणिपुरः मैतेई लिपुनका मुखिया प्रमत सिंह विरूद्ध आपराधिक मामिला दर्ता

00-1-Rashtriya-Samachar-8

इम्फाल: मणिपुर पुलिसले मैतेई लिपुन प्रमुख प्रमत सिंह विरूद्ध काङपोकपी जिल्ला सदर पहाड़को कुकी छात्र संगठन (केएसओ) को शिकायतमा आपराधिक मामिला दर्ता गरेको छ। बिहीबार एक सरकारी सूत्रले जानकारी गराएअनुसार, कुकी छात्र संगठनको तर्फबाट प्रमत सिंहविरूद्ध १३ जूनमा काङपोकपी थानामा शिकायतको आधारमा काङपोकपी पुलिसले ८ जुलाई प्रमत विरूद्ध आपराधिक मामिला दर्ता गऱ्यो। मैतेई लिपुन प्रमुख प्रमतमाथि कुकी र मैतेई समुदायहरूबीच शत्रुता उत्पन्न गरेको र आपराधिक षड़यन्त्र रचेको आरोप छ। केएसओले मैतेई लिपुन प्रमुख र अरामबाई टेङ्गोलमाथि मणिपुरमा हिंसा भड्काएको आरोप लगाएको थियो। राज्य पुलिसले मामिलाको जाँच गरिरहेछ। आधिकारिक सूत्रहरू अनुसार, प्रमत सिंहमाथि लगाइएको आऱोप सही हो कि होइन पुलिसले प्रामाणिक जानकारी जुटाइरहेछ।– हिस  

 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement