अन्तरजातिय प्रेम कथामा ‘श्रद्धा–सुमन’ निर्माणको घोषणा

00-1-A-IMG-20230712-WA0000

बन्दीपुरमा वर्कशप शुरु

टीआरआई समाचार

काठमाडौं: अन्तरजातीय प्रेम कथामा नयाँ फिल्म निर्माणको घोषणा भएको छ। के.डी प्रशितको लेखन तथा निर्देशनमा तयार हुन लागेको फिल्मको नाम ‘श्रद्धा–सुमन’ राखिएको छ। यो फिल्मको आजदेखि बन्दिपुरमा वर्कशप पनि शुरु भएको छ। के.डी फिल्मस् प्रालिको पहिलो प्रस्तुतिको रुपमा निर्माण हुन लागेको यो फिल्मलाई अमर सिंह खातीले निर्माण गर्दैछन्। फिलमको प्रस्तुतकर्तामा सोनिया नेपाली र सुप्रिया सिंह खाती छन्। यो फिल्ममा अधिकांश नयाँ कलाकारको अभिनय रहनेछ। फिल्ममा दीपक अधिकारी र आकांक्षा तामाङ शीर्ष भूमिकामा देखिँदैछन्। एक ब्रम्हाण यूवक र एक तामाङ यूवतीको प्रेम कथामा यो फिल्म बन्न लागेको निर्देशक प्रशितले जानकारी दिए।

फिल्ममा दीपक र आकांक्षाको साथमा कमलमणी नेपाल, सुवर्ण बस्ताकोटी, सुरविर पण्डित, विमल पौडेलको मुख्य भुमिका रहनेछ। यो फिल्ममा चिरञ्जिवी भण्डारीको संगीत, उत्सव दाहालको छायांकन रहनेछ। फिल्मको छायांकन भने १ सेप्टेम्बरदेखि शुरु गर्ने निर्देशक प्रशितले जानकारी दिए। यो फिल्मको छायांकन बन्दिपुर, चितवन, पोखरामा हुनेछ। साथै, नेपाल बाहिर पनि यो फिल्मको छायांकन गर्ने तयारी गरिएको निर्माणपक्षले बताएको छ।

 

About Author

Advertisement