सिलगढी: नेपाली कवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीको अवसरमा सम्पूर्ण दार्जिलिङ जिल्लामा उत्सव मनाइँदैछ। आदि नेपाली कवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती गोरखा दुख निवारण सम्मेलनले मनाएको छ । बिहीबार दिउँसो सिलगढीको बागडोगराको हसखावा क्षेत्रमा जुलुस निकालिएको थियो। यस क्षेत्रका विभिन्न उमेर समूहका मानिसहरू आ–आफ्नो सांस्कृतिक पहिरनमा सजिएका थिए ।