बंगालमा राष्ट्रपति शासनको निम्ति माहोल बनाउने कुरा गरिरहेका शुभेन्दु अधिकारीको भिडीयो भाइरल

Shubendu-Adhikari-2

कोलकाता: पश्चिम बंगालका वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीको एउटा भिडीयो भाइरल भएको छ। यसमा उनले पश्चिम बंगालमा राष्ट्रपति शासन लागू गर्नका लागि माहोल बनाउने कुरा गरिरहेका छन्। तृणमूल कांग्रेसका प्रवक्ता कुणाल घोषले बिहीबार अधिकारीको यो भिडीयो ट्वीटमा हालेका छन्। उनले यस भिडीयोको साथ लेखेका छन्, ‘पश्चिम बंगाललाई बदनाम गर्नका लागि भाजपाले व्यापक स्तरमा षड़यन्त्र रचिरहेछ। यसको खुलासा यस भिडीयोबाट भइरहेछl’ १४ सेकेन्डको यस भिडीयोमा शुभेन्दु अधिकारीले भनिरहेका छन्, ‘यस्तो माहोल बनाउनपर्नेछ, कुनै पनि मूल्यमा यहाँ धारा ३५५ लागू होस्। यस बाहेक बंगालमा बाँच्ने अरू कुनै तरिका छैन। धेरै कुरा गर्नपर्नेछ। कुन प्रकारको कुरा कसरी गर्नुपर्छ, यो मलाई थाहा छl’

भिडीयो साझा गर्दै कुणाल घोषले लेखेका छन्, ‘यो षड़यन्त्रको घोषणा हो। शुभेन्दुले बंगालमा केन्द्रको हस्तक्षेपको निम्ति केही गराउनुपर्छ भनिरहेका छन्, उनले के गराउन चाहन्छन्। राज्यभरिमा हिंसाको यही केन्द्रबिन्दू हो। जनादेशलाई अदेखा गरी बंगाललाई अशान्त गरियोस् यसको निम्ति षड़यन्त्र रचिन्दैछ। हामी चाहन्छौं, यसमा तत्काल कारबाही होस्l’ –हिस

About Author

Advertisement