२४ घण्टामा बंगालको मौसम बदलिने, भारी वर्षाको सम्भावना

Even more rain!

कोलकाता: महानगर कोलकाता समेत राज्यका अन्य हिस्साहरूमा शुक्रवादेखि मौसममा ठूलो परिवर्तन हुन गइरहेछ। अलीपुर स्थित मौसम विभागको क्षेत्रीय मुख्यालयको तर्फबाट बिहीबार जारी बयानअनुसार, बंगालको खाड़ीमा अझ् एक चक्रवात तयार हुन गइऱहेछ। १६ जुलाईमा यो चक्रवात तयार हुनेछ। बालूरघाट क्षेत्र हुँदै राजस्थानको बीकानेर ग्वालियर हुँदै गोवासम्म यसको अक्ष रेखा रहनेछ। यसको प्रभावले एक पल्ट फेरि उत्तर र दक्षिण बंगालमा भारी वर्षाको शुरूआत हुनसक्छ।

शुक्रबारदेखि नै पानी पर्ने सम्भावना छ। बिहीबार कोलकातामा न्यूनतम तापक्राम २८.६ डिग्री सेल्सियस रेकर्ड गरियो, जुन सामान्यभऩ्दा दुई डिग्री धेरै छ, जबकि अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस छ, जुन सामान्यभऩ्दा एक डिग्री धेरै छ। २४ घण्टामा ०.४ मिलीमीटर वर्षा रेकर्ड गरिएको छ, जुन शुक्रबार बिहानैदेखि बढ्नेछ। राज्यको हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगाना, पूर्व र पश्चिम मेदिनीपुर बाहेक उत्तर बंगालको अलीपुरद्वार, कोचबिहार, जलपाइगढ़ी, दार्जीलिङ र कालेबुङमा पनि पानी पर्नेछ जस कारण गर्मीमा केही कमी आउनेछ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement