पंचायत चुनावको एक पीठासीन अधिकारीको संदिग्ध परिस्थितिमा मृत्यु

00-1-Rajya-Samachar-9

कोलकाता: पश्चिम बंगाल पंचायत चुनावमा अहिलेसम्म ४७ जना मारिएको दाबी गरिएको छ। यसबीच एक पीठासीन अधिकारीको पनि संदिग्ध परिस्थितिमा मृत्यु भएको छ। रेवती मोहन विश्वास नदिया जिल्लाको करीमपुर एक नम्बर ब्लकको पीठासीन अधिकारी थिए। बुधबार राति उनको मृत्यु भएको छ। संग्रामी संयुक्त मंचले बिहीबार आरोप लगाउँदै विश्वासलाई पर्याप्त सुरक्षा नदिइएको भनेको छ। जसले गर्दा उनलाई सेरिब्रल अटेक आयो र अस्पतालमा भर्ती थिए।

मंचको तर्फबाट जारी गरिएको बयानअनुसार, पीठासीन अधिकारीलाई पर्याप्त सुरक्षामा मतदान केन्द्रभित्र पुऱ्याउने जिम्मेवारी स्थानीय बीडीओको हुन्छ। तर रेवती मोहन विश्वासलाई बिना कुनै सुरक्षा मतदान केन्द्रमा जाने फरमान सुनाइएको थियो। यसो नगर्दा उनीविरूद्ध कारबाही गरिने भनिएको थियो, जसपछि उनी धेरै दबावमा थिए अनि सेरिब्रल अटेकको शिकार भएका थिए। चुनाव आयोग र राज्य सरकारले उनको मृत्युको जिम्मा लिनुपर्छ। यसविरूद्ध उच्च अदालतमा पनि आवेदन गर्ने तयारी भइरहेछ। -हिस

About Author

Advertisement