आदिकवि भानुभक्त आचार्यले नेपाली समाजलाई नयाँ दिशा दिएः चामलिङ

00-1-Bhanubhakta

गान्तोक: सिक्किमकापूर्व मुख्यमन्त्री तथा एसडीएफका अध्यक्ष पवन चामलिङले आदिकवि भानुभक्त आचार्यको २०९औं जयन्तीमा श्रद्धासुमन अर्पण गर्दै भानुजयन्ती एउटा पर्व रहेको बताएका छन्, जसको माध्यमद्वारा सम्पूर्ण साहित्यकारहरूलाई सम्मान गर्ने अवसर दिँदछ।

एसडीएफ अध्यक्षले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘आदिकवि भानुभक्त आचार्यले रामायणलाई सरल नेपाली भाषामा लेखी नेपाली समाजलाई नयाँ दिशा दिएका छन्। उनको काव्य रचना ‘लोकको गरुँ हीत् भनी’ लोककल्याणमा समर्पित थियो। आज हामी उनको सम्मानमा उनलाई श्रद्धाञ्ली अर्पण गर्न भानुजयन्ती मनाइरहेका छौं।’

उनले अझ भनेका छन्, ‘आज दिनले सम्पूर्ण साहित्यधर्मी, भाषा-साहित्य, संस्कृतिप्रेमी जनगणमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दै आदिकविलाई श्रद्धासुमन अर्पण गर्दछु। भानुजयन्ती एउटा पर्व हो जसले आदिकवि भानुभक्त आर्चायका माध्यमद्वारा सम्पूर्ण साहित्यकारहरूलाई सम्मान गर्ने अवसर पनि हामीलाई दिँदछ।’ –हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement