मालबजारमा भानु जयन्ती पालन

3d0d932d-08ce-4f09-b418-671d697c2ef3

मालबजारः आज मालबजारको बस बिसौनी परिसरमा आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती सामान्य रुपमा पालन गरियो। आज बस बिसौनी परिसरमा राखिएको भानुको प्रतिकृतिमाथि माल नगरपालिका चियरम्यान सपन शाहले माल्यार्पण गरेर कार्यक्रमको थालनी गरिएको थियो। कार्यक्रममा भानुभक्तको बारेमा छोटो वक्तव्य समाजसेवी अजित पराजुली राखेका थिए भने सम्पूर्ण उपस्थित मानिसहरूले भानुभक्तको प्रतिकृतिमाथि पुष्पार्पण गरेका थिए। कार्यक्रममा शिक्षक भिम राई, अजय थापा, कृष्ण शर्मा, जानुका शर्मा, मेनुका शर्मा, मेनुका प्रधान, शङ्कर छेत्री, दुर्गा सुवेदी, नविन थापा, कृष्ण ढकाल, रविन छेत्री,मोहन उपाध्याय, शिक्षक बलबहादुर छेत्री, छविलाल पाठक, शिक्षक कृष्ण छेत्री, नविन थापा, गणेश थापा, कृतिका छेत्री आदिको उपस्थिति रहेको थियो। यस वर्ष सामान्य रुपमा मनाए तापनि आगामी वर्ष भव्य रूपमा पालन गरिने आयोजक समितिले जानकारी गराएका छन्।  

About Author

Advertisement