पार्टीले टिकट दिएको उम्मेदवारलाई बिजयी बनाउनु पर्छः जेकब खालिङ

IMG-20230712-WA0422.jpg

गान्तोक: सरकारबाट प्रत्येक निर्वाचन क्षेत्रलाई प्राप्त हुने सहुलियतहरुको निम्ति नाम चयन गर्नको निम्ति आज बर्फुङ निर्वाचन क्षेत्रको सँगनाथ जीपीयूको तीनवटा वार्डहरुलाई लिएर सभा सम्पन्न भयो। आजको सभामा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथिकोरूपमा उपस्थित थिए। यसकासाथै क्षेत्र विधायक टीटी भोटिया, सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका सीईसी उपाध्यक्ष लोपजाङ भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि जेकब खालिङले पार्टीको कार्यकर्ताहरु भनेको पार्टीको सिपाहीहरु रहेको बताए। गरीब अनि आवश्यक व्यक्तिहरूले सरकारबाट प्राप्त हुने सहुलियतहरू नै पाउनुपर्छ भन्ने ध्येयले नै यसरी वार्ड वार्डमा पुगेर सूची तयार गर्नु पर्ने निर्देश मुख्यमन्त्रीको रहेको बताए। सही व्यक्तिहरूले सहुलियत

पाउनु पर्ने उनले जानकारी गराए। प्रजातन्त्रमा कुनै पनि क्षेत्रको विधायक उक्त क्षेत्रको अविभावक रहने गर्छन्। त्यसैले यस क्षेत्रका विधायकले अहिले सरकारसँग मिलेर यो क्षेत्रको विकास गर्न काम गरिरहेको पनि उनले सबैलाई अवगत बनाए।

पूर्व मुख्यमन्त्री चामलिङले २५ वर्षको शासनकालमा भन्दा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले अतिनै धेरै कम गरेको उनले बताए। अहिलेको समयमा सिक्किमको निम्ति समय उपयुक्त नेता नै मुख्यमन्त्री प्रेमसिंह तामाङ रहेको पनि उनले बताए। वर्तमान सरकारले प्रत्येक गरीब जनतालाई सुविधाहरु उपलब्ध गराउनको निम्ति सही प्रक्रियाहरुको निर्मम गरिएको पनि उनेल बताए। सरकारले स्वास्थको क्षेत्रमा अति राम्रो काम गरिरहेको उनले जनाकारी गराउँदै सबै रोगको उपचार सिकिकमा नै गर्नुपर्ने सोंच लिएर काम गरिरहेको बताए। सरकारले गरिरहेको कामलाई अझ प्रभावशाली बनाउन साथै सरकारलाई अझ बलियो बनाउन आगामी चुनावमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई विजयी बनाउन उनले जनसाधारणलाई आवहान गरे।

यदि पवन चामलिङ राम्रो नेता भएको भए अहिलेसम्म सिक्किम राज्यले सबै कुरा पाइसकेको हुने बताए। अब उनको बुढ्यौलीपनको थकान सिवाई अन्य केही नरहेको बताउँदै उनलाई अब सबैले आ-आफ्नो प्रकारले विदाई दिनुपर्ने खालिङले सबैलाई आग्रह गरे। अझै फल दिन्छ भनेर त्यही कुरालाई मल जल गर्न भनेको केवल समयको बर्बादी मात्र हुने उनले बताए। अब यहाँको जनताले सरकारलाई समाएर कहिले नछोड्ने पनि उनले आग्रह गरे। आगामी दिनमा पार्टी कार्यकर्ता अनि साधरण जानता एक भएर पार्टीले जुनै पनि व्यक्तिलाई चुनावको निम्ति टिकट दिएर पठाएको खण्डमा विजयी बनाउनु पर्ने अपील गरे।

आजको कार्यक्रमलाई क्षेत्र विधायक टीटी भोटियाले सम्वोधन गर्दै पूर्व सरकारको कार्यकालमा कुनै पनि सहुलियत वितरण गर्दा नेताले मन खनेहरुलाई मात्र दिनेगरेको तर अहिले आवश्यक व्यक्तिहरूलाई मात्र दिने गरेकोमा उनले खुशी प्रकट गरे।

उनले विगतमा जुनै पार्टीबाट विजयी बनेर विधायक बने पनि वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङको कार्य शैलीप्रति प्रभावित बनेर उनीसँगै एक भएर जनहितको निम्ति कार्य गरिरहेको बताए। वर्तमान सरकारले कुनै भेदभाव नराखी काम गरेको र सबैलाई सहुलियत प्रदान गरेकोमा उनले खुशी प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement