मंगन: उत्तर जिल्लाको मंगनस्थित जिल्ला प्रशासनिक केन्द्रमा ग्रामीणस्तरीय वाल संसद एवम जिल्लास्तरीय वाल संसद गठनलाई लिएर एक दिवसीय कार्यशाला आयोजना गरियो। मंगनको जिल्लास्तरीय संरक्षण युनिटको पहलमा आयोजित कार्यशालामा स्रोतवक्ताकोरूपमा वरिष्ठ वाल संरक्षण अधिकारी तेज कुमार थापा रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिमेकी समावेशी बाल संसद् र ग्रामीणस्तरको बाल संसद स्थापनाको आवश्यकताबारे संक्षिप्त सत्र सञ्चालन गरेको बताए।

यस कार्यक्रमको मुख्य उद्देश्य बाल अधिकार प्रवर्द्धन, बाल सहभागिता र बाल नेतृत्वको वकालत गर्ने रहेको बताए। बाल संसदका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरू उपलब्ध गराउनु पर्ने र बालबालिकामा जिम्मेवार नागरिकताको मूल्य अभिवृद्धि गर्ने आवश्यकतामाथि उनले जोर दिए।