न्यू ब्लड एफसी विजयी

photocollage_202371122119239.jpg

११ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा न्यू ब्लड एफसी-ले आफ्नो म्याच जित्यो। मंगलवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा न्यू ब्लड एफसी-ले जब्राट रोहिनीलाई ६-३-ले पराजित गऱ्यो। विजेता टीमबाट आशिषले ह्याट्रिक गरे। यसबाहेक बिकु थापाले २ र सनम थापाले १ गोल गरे। यसरी जब्राट रोहिनीबाट दीप तामाङ, पवन छेत्री र अजित तिर्कीले गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement