न्यू ब्लड एफसी विजयी

photocollage_202371122119239.jpg

११ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा न्यू ब्लड एफसी-ले आफ्नो म्याच जित्यो। मंगलवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा न्यू ब्लड एफसी-ले जब्राट रोहिनीलाई ६-३-ले पराजित गऱ्यो। विजेता टीमबाट आशिषले ह्याट्रिक गरे। यसबाहेक बिकु थापाले २ र सनम थापाले १ गोल गरे। यसरी जब्राट रोहिनीबाट दीप तामाङ, पवन छेत्री र अजित तिर्कीले गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement