आप्पा सेभेन र मुण्डा युनाइटेड विजयी

photocollage_2023710111837159.jpg

१० जुलाईः नेहुरे बालासन युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। बालासन खेल मैदानमा भएको दिनको पहिलो म्याचमा आप्पा सेभेन मुण्डाले राई सेभेन सोनादालाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। यसरी नै दिनको दोस्रो म्याचमा मुण्डा युनाइटेडले बालासन बोइजलाई ३-०-ले पराजित गऱ्यो । यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement