सिलगढी: आज अपह्रान्न एक बजीदेखि पूर्ब “याकथुङ्ग सोङ्ग चुम्फो” का पूर्ब महासचिव चेत बहादुर सुब्बाको बास गृहमा एउटा जरुरी सर-सल्लाह बसेको सभामा हालसम्म अस्तित्वमा मात्र रही रहेको सेथै “लिम्बु बिकास बोर्ड” को अधिनमा रहेको केन्द्रीय सञ्चालक समिति नामको लागि रहेको अनि “लिम्बु बिकास बोर्ड ” बारे लामो बहस, लेखा-जोखा, आलोचना गरियो। यसको बदलामा अर्को स्वच्छ, निष्कलकित र लिम्बु जातीको निम्ति नि:श्वार्थ सेवा, लिम्बु जातिको उत्थान, बिकाश, भाषा, लिपी, संस्कार, संस्कृति, युमासाम्यो धर्म आदिको संरक्षणको निम्ति नयाँ संस्थाको स्थापना गरियो। यस नयाँ लिम्बु संगठनको नाम:- “माङ्गेना याक्थुङ् चुम्फो” राखियो। आज नवगठीत संस्थाका पदिधीकारीहरुमा क्रमैले सभापति चेत बहादुर सुब्बा, उप-सभापति गौरी नेम्बाङ्ग, सचिव कप्तान राजु सुब्बा, सह-सचिव शुक्राज सुब्बा, कोषाध्यक्ष बीर बहादुर सुब्बा, संस्कृति निर्देषक तिर्थ सुब्बा, अनि सक्रिय कर्मठ सदस्यहरुमा बीबत सुब्बा, ललित थेगिम, बिक्की सुब्बा र लोवन सुब्बा रहेका छन्।यस सक्रिय सदस्यहरुमा अझ बीसजना थपिने कुरा आजको सभाले पारित गरेका छन्।