मानव उत्थान सेवा समिति, सेक्किमद्वारा विरुवारोपण

IMG-20230709-WA0370.jpg

रम्फू: मानव धर्मका प्रणेता तथा मानव उत्थान सेवा समितिका संस्थापक सतपाल महाराजको प्रेरणा एवं दिशा निर्देशनमा आज रम्फु तहसिल अर्न्तगत रिनाक, रम्फु, बागेखोला, सिङताम, जितलाङ आदि विभिन्न शाखाहरुमा वृक्षरोपण अभियान आयोजना गर्‍यो। रम्फु तहसिल प्रभारी साध्वी महात्मा कृतिका बाईजीको नेतृत्वमा रम्फु शाखाका सद्स्यगण, बालसभाका बालबालिकाहरुले रम्फुस्थित श्री हंस सुयश सत्सङ्ग धाम परिसरमा आज नरिवल, सुपारी, तेजपत्ता आदिको बिरुवा रोपे। स्मरण गराइन्छ, मानव धर्मका प्रणेता तथा मानव उत्थान सेवा समितिका संस्थापक सतपाल महाराजको प्रेरणा एवं दिशा निर्देशनमा समितिले गत २ जुलाईदेखि देशव्यापी एकमहिना लामो वृक्षरोपण अभियान आयोजना गरिरहेको छ।

About Author

Advertisement