फालाकाटा| फालाकाटा ब्लक हरिमोड इलाकामा सडक दुर्घट्नामा एकजना बाइक सवारको मृत्यु भएको छ। यस सडक दुर्घट्नामा परेर मृत्यु हुने बाइक सवारीको परिचय भने जुटाउन सकेको छैन। स्थानीय सुत्रबाट प्राप्त जानकारी अनुसार बिहान हरिमोड इलाकामा वाहन र एउटा बाइक आपस्तमा ठोक्किदा बाइक सवार व्यक्तिको मृत्यु भएको बताएका छन्। घटनाको जानकारी प्राप्त गर्नासाथ जटेश्वर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घटनाको छानबिन शुरु गरेको छ। दुर्घटनाग्रस्त दुइ चक्के वाहन पुलिसले थाना लिएर गएको छ।