सिलगढी| तृणमूल कङ्ग्रेसले पञ्चायत समिति चुनावमा पनि जीत हासिल गरेको छ। पञ्चायत समितिको मोठ ६६ वटा आसनमा तृणमूल कङ्ग्रेसले ५५ वटा आसनमा जीत हासिल गरेको छ। नक्सलबारीमा १८ मध्ये १७ वटा आसनमा जीत हासिल गरेका छन् भने खोरीबारीमा १२ बटाला ९ वटा आसन तृणमूल कङ्ग्रेसको झोलीमा परेको छ।मतिगढामा १५ वटामा १२ वटा फाँसीदेवामा २१ वटामा १७ वटा आसनमा जीत हासिल गरेका छन्। यसैगरी यस चुनावमा भाजपाले नक्सलबारीमा १ वटा आसन मतिगढामा ३ ब्वटा आसन र फाँसीदेवामा २ वटा आसनमा मात्र जीत हासिल गरेको छ।









