९ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित जशोदा गिरी स्मृति फर्ष्ट डीविजन फूटबल लीगमा मेवरिक स्पोर्टिंग क्लबले एकतर्फी जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा आइतवार खेलिएको ग्रुप बी-को म्याचमा मेवरिक स्पोर्टिंग क्लबले युनाइटेड रिषिहाट स्पोर्टिंग क्लबलाई ५-१-ले पराजित गऱ्यो। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।