सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगः बड़ा काकझोड़ा युनाइटेड क्लबको रोमाञ्चक जीत

photocollage_20237919131089.jpg

९ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा बड़ा काकझोड़ा युनाइटेड क्लबले रोमाञ्चक जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा आइतवार खेलिएको ग्रुप बी-को यस म्याचमा बड़ा काकझोड़ा युनाइटेड क्लबले शिक्षा संघ हाई स्कूललाई १-०-ले पराजित गऱ्यो। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement