गान्तोक: पूर्व जिल्लाको जिल्ला पञ्चायतले सिङ्ताम जिल्ला अस्पताललाई एउटा एम्बुलेन्स प्रदान गरेका छन्। जिल्ला अध्यक्ष शमसेर राई पञ्चायत निदेशक बसन्त लामाले एक कार्यक्रमबिच अस्पतालपक्षलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे। त्यसै कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष शमसेर राईले यस क्षेत्रका रोगीहरूलाई केही भएपनि सहयोग पुऱ्याउने उद्देश्यसहित एम्बुलेन्स प्रदान गरिएको बताए। दिन दयाल पुरस्कारबाट प्राप्त धनराशीले उक्त एम्बुलेन्स वाहन किनिएको पनि उनले थप जानकारी गराए।
यो एम्बुलेन्स वाहन प्रदान गरिएकोमा सीएमओ टेम्पो ग्याल्छेनले जिल्ला पञ्चायतलाई आभार व्यक्त गरे। सिङ्ताम जिल्ला अस्पतालमा एम्बुलेन्सको खाँचो रहेको अनि यसलाई ध्यानमा राखेर प्रदान गरिएकोमा उनले सम्पूर्ण अस्पतालपक्षबाट धन्यवाद चढ़ाए।