मन्त्री नेपालले सहभागिता जनाए नारीशक्तिको कार्यक्रममा सहभागिता

गान्तोक: गेजिङ्ग-बर्मेक निर्वाचन क्षेत्रका विधायक लोकनाथ शर्माले माथिल्लो बर्मेक भेक जाने क्रममा रिञ्चेनपोङ क्षेत्रस्थित माथिल्लो तादोङ्गमा नारी शक्तिद्वारा आयोजना गरिएको विशेष सभामा उपस्थिति जनाए। यस सभामा उपस्थित विशेष नारीहरूसँग कृषि, वागवानी, पशुपालन, पशु चिकित्सक इत्यादि विभागका कार्यक्रम, प्रोत्साहन राशि र अन्य योजनाहरूबारे चर्चा परिचर्चा गरे। यसै सन्दर्भमा कृषि, वागवानी, पशुपालन, पशु चिकित्साका बिभिन्न उपलब्धी र सरकार उपलब्ध गराउने सहयोग र योजनाहरू र योजनाहरू द्वारा हुने फाइदाहरुबारे आफ्नो सम्बोधनमा उल्लेख गरे।

उक्त सभामा उपस्थित सम्पूर्ण नारी शक्तिहरूलाई परेको खण्डमा सहयोग गर्ने प्रतिबद्धता साथै बर्मेक बजारस्थित क्षेत्र स्तरीय पार्टी कार्यालयमा सबै प्रकारले सहयोग पुऱ्याउने बचन दिए।

About Author

Advertisement