खुल्ला नक्आउट फूटबल टुर्नामेण्ट १५ जुलाईदेखि

IMG-20230709-WA0139.jpg

९ जुलाईः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। टुर्नामेण्ट १५ जुलाईदेखि शुरु हुनेछ। अप्पर सीडर्स खेल मैदानमा हुने यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क २,२०० रुपियाँ रहेको छ। इच्छुक टीमहरूले सर्कुलरमा उल्लेख गरिएको नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement