गान्तोकमा राष्ट्रिय एवम् अन्तरविद्यालय रामायण पाठ प्रतियोगिता सम्पन्न

ram._515

गान्तोकः गान्तोकमा आयोजन भइरहेको २०९ औँ भानु जयन्ती समारोहअन्तर्गत राष्ट्रिय एवम् अन्तरविद्यालय रामायण पाठ प्रतियोगिताको शनिवार समापन भएको छ। गान्तोकको डेप्लोप्मेन्ट एरियाको जीवन मार्ग थिङस्थित नेपाली साहित्य परिषद् भवनको सभागारमा सम्पन्न अन्तर्विद्यालय रामायण पाठ प्रतियोगितामा वेस्ट पोइन्ट उच्चत्तर माध्यमिक विद्यालय प्रथम भएको छ। यसरी नै सिच्छे उच्चत्तर माध्यमिक विद्यालय दोस्रो अनि देउराली कन्या उच्चत्तर माध्यमिक विद्यालय तेस्रो विजेता दल भएको छ। प्रतियोगितामा पाँचवटा स्कूललाई सान्तवना पुरस्कार अर्पण गरिएको छ। सो विद्यालयहरूमध्ये लुइङ उच्चत्तर माध्यमिक विद्यालय, स्वरस्वती विद्या निकेतन, विद्या भारती, तादोङ, टासी नामग्याल एकाडमी, आहुपुल किसान माध्यमिक विद्यालय तथा बहाई माध्यमिक विद्यालय तादोङ रहेका छन्। यस प्रतियोगितामा १६ वटा विद्यालय सामेल थिए।

रामायण पाठ प्रतियोगिता कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी भट्टराई सभाध्यक्ष अनि नेपाली साहित्य परिषद्का अध्यक्ष हरि ढुङ्गेलको विशेश उपस्थिति थियो। प्रतियोगिताका निर्णायक मण्डलीमा कवि एसपी ढकाल, कथाकार विमल काफ्ले तथा संगीतकार मदन कुमार राई थिए। विगत ६ जुलाईको दिन सम्पन्न राष्ट्रिय रामायण पाठ प्रतियोगिताको परिणामअनुसार सिङतामकी रिता शर्माले प्रथम, राङ्काका भीमलाल पाण्डेले दोस्रो तथा तादोङ, डाँडागाउँका दयाराम भट्टराईले तेस्रो स्थान प्राप्त गरेका थिए। प्रतियोगिताका निर्णायकहरूमा कवि भवानी घिमिरे, विमल काफ्ले तथा संगीतकार मदन राई थिए। प्रतियोगितामा वरिष्ठ साहित्यकार केएन शर्मा सभाध्यक्ष थिए। दुवै वर्गको प्रतियोगिताका श्रेष्ठ तीन-तीन ना विजेतालाई आउँदो १३ जुलाईको दिन गान्तोकको मनन केन्द्रमा आयोजन हुने राष्ट्रियस्तरको भानु जयन्ती समारोहमा पुरस्कार अर्पण गरिनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement