शुभेन्दुले चुनाउ आयुक्तलाई सोधे, अझ् कति रगत चाहियो

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः पश्चिम बंगालमा शनिवार पञ्चायत चुनाउको निम्ति मतदान अवधि हिंसाको बलि १५ जना चढेका छन्। यसलाई लिएर नेता प्रतिपक्ष एवं वरिष्ठ भाजपा विधायक शुभेन्दु अधिकारीले राज्यका चुनाउ आयुक्त राजीव सिन्हालाई चेताउनी दिए।

सिन्हालाई फोन गरेर उनले भने, सॉंझ छ बजी चुनाउ समाप्त भएपछि चुनाउ आयोगको कार्यालयमा आएर ताला लगाइदिन्छु। उनले आयुक्तलाई फोन गरेर अझ कति जनाको रगत चाहियो भनी प्रश्न गरे। शुभेन्दुले दाबी गर्दै भने, चुनाउ आयुक्ते कति गैरकानूनी सम्पत्तिहरू किनेका छन्, त्यसको सूची छ। सबैको हिसाब हुनेछ।

-हिस

About Author

Advertisement