दम गुरुङ मृत्यु प्रकरणः१२ जुलाई भित्र पुलिसले सन्तोषजनक रिपोर्ट नदिए एसडीएफ विद्यार्थी प्रकोष्ठले सिबीआई जाँचको माग उठाउने

sdf_604

गान्तोकः नाम्ची कलेजको विद्यार्थी प्रतिनिधि परिषदका अध्यक्ष पदम गुरुङको मृत्यु प्रकरणमा पुलिसको जाँचलाई लिएर सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीको विद्यार्थी प्रकोष्ठले असन्तुष्टि व्यक्त गरेको छ। यो मामिला बारे एसडीएफ विद्यार्थी प्रकोष्ठले गत ३ जुलाईका नाम्ची पुलिसलाई एउटा ज्ञापन चडाएको र पुलिसले १२ जुलाईका दिन ज्ञापनको उत्तर दिने समय तय गरेको बताउँदै यो अवधि भित्र पनि सन्तोषजनक जाँच परिणाम नआए सिबिआई जाँचको माग उटाउने बताएको छ।

शनिवार गान्तोकको एसडीएफ भवन पत्रकार सम्मेलन गरेर एसडीएफ विद्यार्थी प्रकोष्ठका प्रतिनिधिहरूले पदम गुरुङको मृत्युको जाँच सन्तोषजन नरहेको बताए। तथापी पुलिसले १२ जुलाईसम्मको समय दिएको र यस दिनसम्ममा पुलिसले सहि जाँच रिपोर्ट सार्वजनिक गर्नेछ भन्ने कुरामा विश्वास सहित प्रतिक्षा रहेको विद्यार्थी प्रकोष्ठका सदस्यहरूले बताए। आज आयोजित पत्रकार सम्मेलनलाई एसडीएफको विद्यार्थी प्रकोष्ठका दक्षिण जिल्ला प्रभारी केवल मगर, दक्षिण जिल्ला प्रभारी उर्वशी खालिङ राई, महासचिव अजित बस्नेत र रुपेन राईले सम्बोधन गरेका थिए।

एसडीएफ विद्यार्थी प्रकोष्ठका प्रतिनिधिहरूले पुलिसले दिएको घटना विवरण र घटना स्थलको निरिक्षण गरेको आधारमा पदम गुरुङलाई नालीले बगाएर मृत्यु भएको विश्वाश गर्न सक्ने कुनै आधार नै छैन भन्ने दाबी यस मुद्दामा पुलिसबाट सहि र गहण जाँच होस् बन्ने माग गरेका छन्। तथापी आफूले मृतक विद्यार्थी र पीडित परिवारको पक्षमा न्याय होस् भनेर आवाज उठाएको बताउंदै यसलाई राजनीतिकरण नगरिदिन पनि आग्रह गरे। पदम गुरुङको मृत्युको जाँचका लागि पुलिसले एसआईटी बनाएकोमा धन्यवाद दिँदै तर अहिलेसम्मको जाँचलाई हेर्दा पुलिसको जाँच सहि ढङ्गमा जाँदैछ भन्ने विश्वास नरहेको बताए। घटना स्मार्ट सिटीभित्र रहेका कारण धेरै शङ्का गर्ने ठाउँहरू रहेको र घटना मृत देह भेटिएको स्थानलाई सिल नगिएका कारण पनि पनि जाँच प्रक्रियामा प्रश्न गर्ने ठाउँ रहेको एसडीएफ विद्यार्थी प्रकोष्ठका सदस्यहरूले बताए।

पदम गुरुङको मृत्यु प्रकरणबारे सामाजिक सञ्जालमा सार्वजनिक भएका अडियो र भिडियोले केही तथ्य बोकेको हुनसक्ने सम्भावना रहेको बताउँदै यो सार्वजनिक गर्नेहरूलाई पुलिसले सुरक्षा दिनुपर्छ भन्ने विद्यार्थी प्रकोष्ठको माग रहेको छ। कतिपय भिडियोहरूले पदम गरुङ माथि कलेजमा रेगिङ भएको हुनसक्ने सम्भावना बोकेको दाबी गर्दै कलेजका प्राचार्यले यस विषयलाई किन गम्भीरतापूर्व लिएनन् भन्ने प्रस्न पनि उठाएका छन्। कलेजका प्राचार्यको भूमिकालाई लिएर शिक्षा विभागले कदम चाल्नुपर्छ भन्ने उनीहरूले माग गरे। पदम गुरुङलाई न्याय दिलाउन नागरिक समाज र राजनैतिक दलहरूलाई पनि मौन नबस्न एसडीएफ विद्यार्थी प्रकोष्ठका सदस्यहरूले आग्रह गरेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement