नेपालको कोशी प्रदेशमा उद्धव थापाको मुख्यमन्त्री नियुक्तिविरुद्ध एमालेद्वारा अदालतमा रिट दायर

00-1-nep._951

काठमाडौं: नेपालको कोशी प्रदेशमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट विपक्षी नेकपा एमालेले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। एमालेको कोशी प्रदेश सभाका संसदीय दलका नेता हिक्मत कार्कीले शुक्रबार रिट निवेदन दर्ता गराएका हुन्। रिटमा थापाको मुख्यमन्त्री नियुक्तिलाई असंवैधानिक भनिएको छ। कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत समर्थनमा थापा मुख्यमन्त्री भएकोले संविधान विपरित भएको जिकिर गरिएको छ।

थापा बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए। ९३ सदस्य रहेको कोशी प्रदेशमा उनलाई ४७ सांसदको समर्थन छ। जसमा एक मत सभामुखको छ। यो संविधान विपरित हुने एमालेको तर्क छ। सभामुख गौतमले मुख्यमन्त्रीको समर्थनका लागि आफूले राजीनामा पनि दिनसक्ने बताएका छन्। यसो भएमा कोशीमा सभामुख विपक्षीले पाउने अवस्था बन्नेछ। कोशी प्रदेशको मुख्यमन्त्रीबाट एमालेका हिक्मत कार्की यसै हप्ता हटेका थिए। उनले प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि केन्द्रमा गठबन्धन बनाएका दलहरु एक भएर नयाँ सरकार बनाएका छन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement