आमा योजना अन्तर्गत लाभार्थीहरूको दोस्रो चरणको सूची शुरू

IMG-20230410-WA0169-11-300x172-2

गान्तोक: सिक्किम आमा सशक्तिकरण योजनाको दोस्रो चरणको नामावली तयार पार्ने क्रम शुरू भएको छ।यसै क्रममा आज मानेबुङ देन्ताम समष्टिअन्तर्गत सोपाखा ग्राम पञ्चायतमा यस योजनाको निम्ति योग्य आमाहरूको नामावली संकलन गरियो।

मानेबुङ देन्ताम निर्वाचन क्षेत्रको सोपाखा जीपीयूको पाँचै वार्डमा स्थानीय पञ्चायत तथा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको नारी शक्तिका कार्यकर्ताहरुले नामावली संकलन कार्यमा सहयोक पुऱ्याएका थिए। राज्यका असहाय, बेरोजगार आमाहरूलाई जीविकोपार्जन गर्न केही सहज होस् भन्ने उद्देश्यले सरकारको तर्फबाट यस योजनामार्फत आर्थिक सहयोग गर्ने कार्य शुरु गरिएको छ। यसमा परिहार्य आमाहरूले यस योजनाको लाभ पाउनुपर्छ भन्ने राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी सोंच अनि मार्गनिर्देशनमा आमाहरुको नामावली संकलन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement