निर्दलीय विजेताहरू यसरी हामीसंग जोडिनु हाम्रो जीतको ठूलो संकेत हो: अनित थापा
खरसाङ: पहाड़मा भोलि पञ्चायत चुनाव हुन गईरहेको छ। यसै क्रममा आज नै सुकिया मानेभञ्ज्याङ समष्टि अन्तर्गत पुलुङदुङ ग्राम पञ्चायतमा निर्विरोध विजेता बनेका निर्दलीय उम्मेदवार डोमा शेर्पा आजदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। अब भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको निर्विरोध विजेताको संख्या 62 पुगेको छ।

आज खरसाङस्थित पार्टी अध्यक्ष अनित थापाको वासस्थानमा एक भेटघाट समय डोमा शेर्पालाई आधिकारिक रूपमा पार्टीको उम्मेद्वार घोषणा गरियो। समष्टिका सभासद उदय देवानले जानकारी दिए अनुसार पञ्चायत गठन बीजीपीएम कै बनिने पूर्ण विश्वास रहेको छ। विपक्षमा अनि निर्दलीय बनेर गाउँको केही विकास गर्नु सकिने अवस्था नरहेको, गाउँको विकास हेतु सत्ता पक्षमा नै बस्नु पर्ने सल्लाह गाउँवासीको पनि रहेको बताउँदै डोमा शेर्पा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको बताइएको छ। डोमा शेर्पालाई पार्टी अध्यक्ष अनित थापाले खादा अर्पण गरी पार्टीमा स्वागत जनाएका छन्। उनलाई पार्टीको आधिकारिक चुनाउको उम्मेदवारको टिकट पनि दिइयो। थापाले स्वागत गर्दै भने, “निर्दलीय विजेताहरू यसरी हामी संग जोडिनु हाम्रो जीतको ठूलो संकेत हो। “