चुनावको एक दिन अघि गोरामुमोका संस्थापक सदस्य तथा खरसाङ ब्राञ्चका पूर्व सचिव रबीन लामाको राजीनामा

IMG-20230707-WA0278.jpg

खरसाङ: आज पञ्चायत चुनाउको ठीक एक दिन अघि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का संस्थापक सदस्य तथा खरसाङ ब्राञ्चका पूर्व सचिव रबीन लामाले पार्टी अनि साधारण सदस्यताबाट पनि राजीनामा दिएको एक प्रेष विज्ञप्ति मार्फत जानकारी दिएका छन्। तिनले राजीनामा दिनुको मुख्य कारण पार्टीका शीर्ष नेतृत्वहरूले कुनै पनि कार्य गर्दा एकल निर्णय लिने गरेकोलेनै तिनको पार्टीबाट भरोसा उडेको बताएका छन्। लामाले आफू गोरामुमो पार्टीमा संस्थापक अध्यक्ष सुवास घिसिङ अनि पार्टीको सिद्धान्तलाई हेरेर आजसम्म पार्टीमा रहेको भए तापनि आजपर्यन्त पार्टीमा त्यो नरहेको जनाएका छन्।

About Author

Advertisement