पञ्चायत चुनावमा तीनधारेको शंकरनिवास बुथमा भागोप्रमो र भाजपामाझ टक्कर

photocollage_202376204631877.jpg

खरसाङ: यसपालीको पञ्चायत चुनावमा घैयाबारी ग्राम पञ्चायत दुईको तीनधारे क्षेत्र अन्तर्गत शंकर निवासमा रहेको २४७ नम्बरको बुथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र भारतीय जनता पार्टीमाझ सोझै प्रतिद्वान्दिता हुने देखिएको छ। यस बुथमा रहेको अनुसूचित जातिको महिला सिटमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी तीनधारेको गोलाई पाखा क्षेत्रबाट समीरा रसाईली छन् भने भारतीय जनता पार्टीको प्रार्थीको रूपमा तीनधारेको गैरी गाउँबाट सुस्मिता गजमेर रहेका छन्। यस सिटमा अन्य कुनै राजनैतिक दलले साथै कुनै निर्दलीय प्रार्थीहरू चुनाव मैदानमा नभएको कारणले गर्दा यहाँ पहाडको सत्तारूढ दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र राष्ट्रीय दल भारतीय जनता पार्टीमा सोझै टक्कर देखिएको छ। दुवै पार्टीले यस बुथमा युवा साथै नयाँ अनुहारको रूपमा चुनाव मैदानमा उतारेका छन्। यस बुथबाट पञ्चायत सदस्यको लागि चुनाव मैदानमा उत्रेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी समीरा रसाइली र भारतीय जनता पार्टीको प्रार्थी सुस्मिता गजमेरले पत्रकारहरूसित कुराकानी गर्दै आफ्नो आफ्नो जीतप्रति आशावादी रहेको र सदस्यको रूपमा निर्वाचित भएको खण्डमा गाउँ घरको विकास र जनताको सेवा गर्न तयार रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement