निर्विरोध पञ्चायत सदस्य किशन सिंह भागोप्रमोमा सामेल

IMG-20230706-WA0211.jpg

दार्जिलिङ: दार्जिलिङ जिल्लाको सुखिया मानेभञ्ज्याङ समष्टि अन्तर्गत घुम खासमल वार्ड नम्बर ८ का निर्दलीय उम्मेदवार किशन सिंह भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। उनी यस क्षेत्रबाट निर्विरोध विजेता बनेका थिए। आज उनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। उनलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय प्रवक्ता केशवराज पोख्रेल र भागोप्रमोको ट्रेड युनियनको केन्द्रीय अध्यक्ष जेबी तामाङको बाहुलीबाट सदस्यता ग्रहण गरेका छन्।
अब भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको निर्विरोध विजेताहरुको संख्या ६१ पुगेको बताइएको छ।

About Author

Advertisement