दार्जिलिङ: जीटीए चुनावमा हाम्रो पार्टीले केवल ८ वटा सिटहरूमा मात्रै जीत हाँसिल गरेका छन्। दार्जिलिङमा रहेको १७ वटा सिटहरूमा हाम्रो पार्टीले ७ वटामा जित हाँसिल गरेका छन् भने खरसाङको १५ वटामा केवल एक सिटमा जीत हाँसिल गरेका छन्। हाम्रो पार्टीले जितेको सीटमा तकदाह ग्लेनवर्ण समष्टि हो जसमा हाम्रो पार्टीको प्रार्थी सन्नी तामाङले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी पुलक मोक्तानलाई केवल २ भोटले मात्र जितेको छ। कालेबुङ जिल्लामा झन हाम्रो पार्टीले कुनै सिट पनि जित्न सकेनन्। जीटीए चुनावमा हाम्रो पार्टीले जीटीए चुनावको ४५ वटा सिटहरूमा केवल ८ सिट मात्रै जित्न सकेकोमा हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले पत्रकारहरूलाई सम्बोधन गर्दै हामीले ८ सिट मात्र जित्न सकेका छौं र ६ महिनाको हाम्रो पार्टीले पहाड़मा दोस्रो वृहत पार्टी बनेको बताए। उनले जीटीए चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बहुमत प्राप्त गरेकोमा अनित थापा अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई धन्यवाद दिएका छन्। अजय एडवर्डले अब हामी जीटीएमा जनताको राज लिएर आउनेछौं किनभने हामी जीटीएमा बलियो विपक्षी दल भएर बस्नेछौं भनी बताउँदै हामी जनताको आवाज बुलन्द बनाउनेछौं, भष्टचार र भाई भतिजावाद गर्न दिने छैनौं भनी बताएका छन्। एडवर्डले जनतालाई धन्यवाद दिन्दै हामी खरसाङ, कालेबुङ र मिरिकको जनताको लागि भविष्यमा काम गरेर देखाउँनेछौं अनि ईमान्दारीपूर्वक कार्य गरेर देखाउनेछौं भनी बताएका छन्।