जीटीए चुनावमा दार्जिलिङको ऋषिहाट ब्लुमफिल्ड समष्टीबाट बिनय तामाङ बिजयी

दार्जिलिङ: आज भएको जीटीए चुनावमा दार्जिलिङको ऋषिहाट ब्लुमफिल्ड समष्टिबाट तृणमूल कंग्रेसको प्रार्थी बिनय तामाङले जीत हाँसिल गरेका छन्। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र हाम्रो पार्टीको प्रार्थीहरूलाई पनि जितेका छन्। आफ्नो जीतपछि पत्रकारहरूसित कुराकानी गर्दै तृणमूल कंग्रेसको नेता बिनय तामाङले यो जीतको लागि समष्टिका सबै जनताहरूलाई धन्यवाद दिएका छन्। उनले आफ्नो धन्यवाद राज्यकी मुख्यमन्त्री एंव तृणमूल कंग्रेसको सुप्रिमो ममता ब्यानर्जी र पार्टी हाई कमान्डलाई दिएका छन्। तामाङले यो जीत ऋषिहाट ब्लुमफिल्ड समष्टीको मात्रै होइन तर सम्पूर्ण पहाड़ तराई डुवर्सको लागि हो भनी बताएका छन् किनभने आफ्नो चुनाव घोषणा पत्रमा जमीनको अधिकार विषयमा रहेको र जनताको जमीनको अधिकारको लागि कार्य गर्ने पनि बताएका छन्।

About Author

Advertisement