दुई दिवसीय सामुहिक व्रतबन्ध र गुन्युचोली अनुष्ठानको समापन

img_20230703_wa0044_383

सोरेङ: अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघ सोरेङ शाखाको तत्वावधानमा आइतबारदेखि आयोजित सामुहिक छोराहरुको व्रतबन्ध र कुमारी छोरीहरूको गुन्यु चोली अनुष्ठानको आज समापन भएको छ। सोरेङ-च्याखुङ समष्टिको मङ्सारी माइनिङ ग्राउन्डमा आयोजना गरेका पारम्पारिक र साँस्कृतिक अनुष्ठानमा खस छेत्री बाहुन समुदाय सँगसँगै अन्य समुदायबाट बाक्लो भीड थियो। गुरु पूर्णिमाको पावन पर्वलाई शुभ साइत पारेर आयोजना गरिएको अनुष्ठानमा दुई सयजना छोराहरुको व्रतबन्ध र डेढ सयजना कुमारी छोरीहरुको गुन्युचोली अनुष्ठान सम्पन्न गरिएको छ। समापन दिनको अनुष्ठानमा मन्त्री लोकनाथ शर्मा, क्षेत्र विधायक आदित्य गोले, विधायक डीआर थापा, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, जोरथाङ नयाँ बजार नगर पञ्चायतका अध्यक्ष पवित्र मानव, पूर्वमन्त्री सीबी कार्की, छिमेकी राज्यका विभिन्न स्थानबाट खस समुदायका विशिष्ट व्यक्तितब, जिल्ला तथा ग्राम पञ्चायत, अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघका अध्यक्ष नारायण खतिवडा सँगसँगै संघका राज्य स्तरीय पदाधिकारीगण, सोरेङ शाखाका अध्यक्ष वयोवृद्ध बेनुलाल भट्टराई, सोरेङ जिल्लाका मुख्य समन्वयक विनोद बस्नेत साथै खस समुदायका प्रबुद्ध र बौद्धिक व्यक्तित्वहरुको विषेश उपस्थिति थियो। हिजोदेखि शुरु भएको अनुष्ठानमा मोठ २ सयजना छोराहरुको व्रत बन्ध र १ सय ५० जना कुमारी छोरीहरुलाई गुन्यु चोली पूर्ण विधिविधान र रीतिरिवाजपूर्वक अनुष्ठान सम्पन्न भयो। आज आयोजित अनुष्ठानमा वरिष्ठ साहित्यकार केएन शर्माले “खस जाति र सिक्किम” विषयमाथि वक्तव्य राखे। यसरी नै नर बहादुर भण्डारी डिग्री कलेजका सह-प्राध्यापक डा. टेक बहादुर छेत्रीले “व्रतबन्ध र गुन्यु चोली” विषयमाथि वक्तव्य राखेका थिए। प्राय:प्राय बिलुप्त भइरहेको खाँडो जगाउने प्रथाको प्रस्तुति पूर्व सिक्किम साम्दुङ निवासी दयाराम भट्टराईले दिएर सबैलाई मनमोहक बनाए। समापन अनुष्ठानमा खस छेत्री बाहुन समुदायको पारम्पारिक साँस्कृतिक नृत्य सङ्गिनी नृत्य, खैँजडी नृत्य, खुकुरी नृत्य, बालन नृत्य, मारुनी नृत्य, सिलोक र भजन जस्ता आकर्षक कार्यक्रमहरु पनि समाबेश गरिएको थियो। बिहान दीप प्रज्वलन एवं स्तुति पाठ पश्चात् आरम्भ भएको अनुष्ठानमा बाजाजरुको राजा नौमती बाजा वादनको साथ कलश यात्रा पनि निकाल्यिो।

आजको भव्य कार्यक्रममा सभाध्यक्षको बाहुलीबाट स्मृति चिन्ह पनि वितरण गरियो। कार्यक्रममा स्वागत सम्बोधन सँगसँगै सामुहिक व्रतबन्ध र गुन्यु चोली अनुष्ठान आयोजनाको औचित्यमाथि खस समुदायका सक्रिय कार्यकर्ता विनोद बस्नेतले प्रकाश पारेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement