जिल्लापालद्वारा तुलाराम उप्रेतीलाई पद्मश्री पुरस्कार हस्तान्तरण

IMG-20230703-WA0400.jpg

गान्तोक: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले आज देशका राष्ट्रपतिको तर्फबाट तुलाराम उप्रेतीलाई पद्मश्री पुरस्कार प्रदान गरे। उल्लेखनीय छ, उप्रेतीलाई वर्ष २०२२ को निम्ति पद्मश्री पुरस्कार प्रदान गरिएको हो। यसै वर्षको २६ जनवरीमा देशको राजधानीस्थित नयाँ दिल्लीको राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने व्यक्तित्वहरूलाई पद्मश्री पुरस्कारले सम्मान जनाइएको थियो। तर उक्त कार्यक्रममा शरिर अस्वस्थ्यको कारण उप्रेती उपस्थित हुन् सकेनन्। यसर्थ राष्ट्रपति भवनबाट उनको पुरस्कार सिक्किम राज्यमा पठाएपछि जिल्लापालले सो पुरस्कार हस्तान्तरण गरेका हुन्। उनलाई कृषि क्षेत्रमा उक्त पुरस्कार प्रदान गरिएको हो। आज जिल्लापालले उप्रेतीको निजी निवास आसाम लिङजेमा पुगेर आधिकारिकरूपमा पुरस्कार प्रदान गरे। सिक्किम राज्यबाट कृषि क्षेत्रमा पद्मश्री पुरस्कार प्राप्त गर्ने उनी पहिलो व्यक्ति हुन्। ९३ वर्षको उमेरमा उनले उक्त पुरस्कार प्राप्त गरेका छन्।

About Author

Advertisement